१. प्रथम अधिवेशन

- जम्मा २१ ओटा बैठक - २० दिन (२२ घण्टा ७ मिनेट) संचालन भएको ।

- प्रथम अधिवेशनमा ११ ओटा प्रस्ताव दर्ता भएका ।

- प्रथम अधिवेशनमा लोगो निर्धारण मस्यौदा समिति गठन भइ प्रदेश सभाको लोगो निर्धारण भएको ।

- प्रदेश सभा नियमावली, २०७४ पारित भएको ।

- प्रथम अधिवेशनमा २ वटा विधेयकहरु सभाबाट पारित भएका ।

२. दोस्रो अधिवेशन

- जम्मा ५३ ओटा बैठक - ४८ दिन (६२ घण्टा ३४ मिनेट) संचालन भएको ।

- दोस्रो अधिवेशनमा ७ ओटा प्रस्ताव दर्ता भएका ।

- मिति 2075/06/12 गते प्रदेशको राजधानी राख्ने, स्थान तोक्ने र प्रदेशको नामाकरण गर्ने कार्य सम्पन्न गरिएको जस अनुसार प्रदेशको नाम "सुदूरपश्चिम प्रदेश" र प्रदेशको राजधानी गोदावरी नगरपालिका वडा नं. २ र ४ मा रहने गरि तोकिएको ।

- दोस्रो अधिवेशनमा १५ वटा विधेयकहरु सभाबाट पारित भएका ।

- एउटा संकल्प प्रस्ताव पारित भएको ।

- नियमावली संशोधन मस्यौदा समिति गठन भएको ।

- मिति २०७५ फाल्गुन ८ गते सम्माननीय प्रधानमन्त्री के.पी. शर्मा ओलीज्यूबाट प्रदेश सभालाई सम्बोधन भएको ।

- गण्डकी प्रदेशका माननीय सभामुख नेत्रनाथ अधिकारीज्यूको नेतृत्वमा आएको माननीय सदस्यहरु बीच सुदूरपश्चिम प्रदेशका माननीय सभामुख, माननीय उपसभामुख र माननीय प्रदेश सभा सदस्यहरु बीच मिति २०७५।११।१४ मा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको ।

. तेस्रो अधिवेशन

- जम्मा २८ वटा बैठकहरु - 26 दिन (24 घण्टा १५ मिनेटसम्पन्न भएका ।

- तेस्रो अधिवेशनमा सभाबाट ७ वटा विधेयकहरु पारित भएका ।

४. चौथो अधिवेशन

- जम्मा 36 वटा वैठकहरु -  ३४ दिन (४० घण्टा १२ मिनेटसम्पन्न भएका ।

- ८ वटा विधेयकहरु पारित भएका  ।

- विशेषाधिकार र आचरण अनुगमन समिति गठन भएको ।