मा. अर्जुन बहादुर थापा

वैयक्तिक विवरण


नाम         : अर्जुन बहादुर थापा

जन्म स्थान    : खप्तडछान्ना गाँउपालिका वडा नं. २ देहली बझाङ्ग

जन्म मिति     : २०१2/१२/२४

पिताको नाम   : जंग बहादुर थापा

आमाको नाम   : राईकोशा देवी थापा

शैक्षिक योग्यता : वि.एड., एम.ए. अध्ययन

फोन नं.      : 9858441444/9749002513

ई-मेल        : arjunthapa2070@gmail.com

अध्ययन गरेको शैक्षिक संस्था :

- प्राथमिक शिक्षा (१-५)        - लामातोला प्रा.वि. लामातोला, बझाङ्ग

- माध्यामिक शिक्षा (६-१०)     - सत्यवादी मा.वि. भोपुर बझाङ्ग

- उच्च माध्यामिक शिक्षा (I.Ed.) - शिक्षाशास्त्र अध्ययन संस्था, नेपालगंज क्याम्पस

- उच्च शिक्षा (B.Ed.)         - त्रि.वि.वि. कीर्तिपुर बहुमुखी क्याम्पस

- २०२८ सालमा S.L.C प्रथम श्रेणी   - ६१%

- २०३४ सालमा I.Ed. प्रथम श्रेणी   - ७०%

- २०४१ सालमा B.Ed. द्धितीय श्रेणी - ५९.९%

- २०६० सालमा M.A अध्ययन

शिक्षण पेशा :

- २०२८ साल देखी २०४० सालसम्म नि.मा.वि. प्र.अ.

- २०४३ साल देखी २०५५ माघसम्म मा.वि. प्र.अ.

काम गरेका विद्यालयहरु :

- सरस्वती मिडिल स्कूल, कालुखेती

- खप्तड मा.वि. कालुखेती

- सरस्वती नमूना नि.मा.वि. कालुखेती

- लामातोला निमा.वि., लामातोला

- दुर्गा भवानी मा.वि. तलकोट

- लामातोला मा.वि. लामातोला

शिक्षक संगठनमा संलग्नता :

- २०३७ सालमा नेपाल राष्ट्रिय शिक्षक संगठन बझाङ्गको संस्थापक सह-सचिव,

- २०४६ साल देखि ने.रा.शि. संगठन बझाङ्गको अध्यक्ष,

- २०५० साल देखि २०५५ सालसम्म ने.रा.शि. संगठनको केन्द्रीय सदस्य,

- ने.रा.शि. संगठनको आजीवन सदस्य

 शिक्षक पेशामा रहँदा गरेका प्रमुख कामहरु :

- २०२८ चैत्र देखी २०३२ सम्म सरस्वती मिडिल स्कूलमा काम गर्दा २० महिना सम्म निशुल्क काम गरेको ।

- सरस्वती नि.मा.वि. लाई खप्तड मा.वि. बनाउन नेतृत्वदायी भूमिका निर्वाह गरेको ।

- लामातोला प्रा.वि. को व्यवस्थापन समितिको अध्यक्ष हुँदा नि.मा.वि. बनाउन नेतृत्व प्रदान गरेको ।

- लामातोला नि.मा.वि.लाई मा.वि. बनाउन आर्थिक तथा भौतिक व्यवस्थापन गर्न नेतृत्व प्रदान गरेको ।

- दुर्गाभवानी मा.वि. मा काम गर्दा तल्कोट इलाकामा १० वटा प्रा.वि. स्थापना गर्न नेतृत्व प्रदान गरेको ।

- लामातोला मा.वि. लाई उ.मा.वि. बनाउन नेतृत्वदायी भूमिका निर्वाह गरेको ।

- विद्यालयमा छोरी ढाउने चलन नै नभएको अवस्थामा महिला शिक्षाको व्यापक प्रचार गरी महिला शिक्षामा आमूल परिवर्तन गरेको ।

- बाल बिबाह, बहुविवाह, अनमेल बिबाह, जातीय बिभेद (छुवाछत प्रथा) महिला हिंसा, रुढीवादी, अन्धविश्वास आदिको विरुद्धमा जनचेतना उठाउन विभिन्न क्रियाकलाप गरेको ।

राजनीतिक संलग्नता :

- २०२८ सालमा कम्युनिष्ट आन्दोलनमा झुकाव,

- २०३६/०३७ मा जनमत सग्रहमा बहुदलको प्रचारक,

- २०४१ सालमा अनेरास्ववियुको सदस्यता प्राप्त,

- २०४७ साल जेष्ठ २७ गते नेकपा (माले) जिल्ला पार्टी सक्रिय दलको बझाङ्गको सस्थापक सदस्य,

- २०४८ सालमा नेकपा (एमाले) जिल्ला संगठन कमिटी बझाङ्गको सदस्य,

- २०५८ सालमा नेकपा (एमाले) जिल्ला कमिटी बझाङ्गको कार्यालय सचिव,

- २०६२ सालमा नेकपा (एमाले) जिल्ला कमिटी बझाङ्गको सचिव,

- २०६६ साल देखि २०६८ सालसम्म जिल्ला कमिटी बझाङ्गको अध्यक्ष,

- हाल सुदूरपश्चिम प्रदेशको सभामुख

अन्य संगठनमा संलग्नता :

- २०५७ सालमा नेपाल बुद्धिजीवी परिषद बझाङ्गको संस्थापक अध्यक्ष,

- २०६६ सालमा मदन स्मृती पुस्तकालय बझाङ्गको संस्थापक अध्यक्ष,

- छान्ना क्षेत्रको २० बर्षे गुरुयोजना निर्माण गर्न सर्वदलीय सर्वपक्षीय समितिको अध्यक्ष,

- छान्ना क्षेत्रमा सडक निर्माण गर्न छान्ना सडक निर्माण मूल समिति संयोजक

तालिममा सहभागिता :

- नमुना नि.मा.वि.को १ महिने प्र.अ. तालिम सानोठिमिमा सहभागिता,

- मा.वि. प्र.अ. का विभिन्न तालिममा सहभागिता,

- नेकपा (एमाले) पार्टी स्कूल विभागले दिएको तीन दिने तालिम धनगढीमा सहभागिता,

- नेकपा (एमाले) पार्टी स्कूल विभागले एक हप्ते तालिम काठमाडौंमा सञ्चालन गरेको दर्शनशास्त्रको तालिममा सहभागिता,

- नेकपा (एमाले) ले पटक पटक संचालन गरेका कार्यकर्ता प्रशिक्षणमा सहभागिता

प्रकाशित कृतिहरु :

- कम्युनिष्ट आन्दोलनको एक झलक (विश्व-नेपाल-बझाङ्ग) - २०६० साल,

- माक्सवादको सिर्जनात्मक प्रयोग जनताको बहुदलीय जनबाद - २०६९ साल,

- खप्तड एक चिनारी (प्रकाशनको लागि तयारी),

- मेरो जीवनको ऐना (प्रकाशनको लागि तयारी),

- बिभिन्न पत्रपत्रिकामा लेख रचनाहरु

जेल यातना :

- २०५२ सालमा नेपाल राष्ट्रिय शिक्षक संगठनको केन्द्रीय आन्दोलनमा सिहंदरवार भित्र विद्यालयको घण्टी बजाउने अघोषित कार्यक्रमको नेतृत्व गर्दा १ दिन सम्म प्रहरी हिरासतमा

- २०६२/०६३ को जनआन्दोलनमा सहभागि हुदाँ धनगढीमा १ दिन सम्म प्रहरी हिरासतमा

- २०६० सालमा तत्कालीन नेकपा (माओवादी) ले १० दिन सम्म अपहरण गरी विभिन्न स्थानमा घुमाएको।

नेकपा (एमाले) को विभिन्न पदमा रहँदा गरेका मुख्य कामहरु :

- २०५६ माघ देखि २०७० सालसम्म पार्टीको पूर्णकालीन काम गर्दा निर्वाह भत्ता समेत नलिई निःशुल्क काम गरेको ।

- बझाङ्ग जिल्लाका ४७ वटै गाँउ कमिटीमा पटक-पटक प्रशिक्षण सञ्चालन गरी कम्युनिष्ट आन्दोलनको एक झलक पुस्तक र माक्र्शवादको सिर्जनात्मक प्रयोग जनताको बहुदलिय जनवाद पुस्तक निःशुल्क वितरण गरेको ।

- पार्टीको संगठन निर्माण गर्न पटक-पटक बझाङ्गको प्रत्येक गाँउ वस्ती सम्म भ्रमण गरेको ।

- पार्टीले सञ्चालन गरेका अभियान, आन्दोलन तथा कार्यक्रममा सक्रिय सहभागिता रहेको ।

- २०६२/६३ को जनआन्दोलनमा बझाङ्ग, धनगढी र काठमाडौंका कार्यक्रममा सहभागिता रहेको ।

- २०४८ को आम निर्वाचन, २०४९, २०५४ को स्थानिय निकायको निर्वाचन, २०५१ को मधावधि निर्वाचन, २०५६ को आम निर्वाचन, २०६४ र २०७० को संविधान सभाको निर्वाचनमा पार्टीको पक्षमा नेतृत्वदायी भूमिका निर्वाह गरी काम गरेको ।

- २०५६/०५७ मा नेकपा (एमाले) बझाङ्गको पार्टी भवन निर्माण समिति र आर्थिक सहयोग संकलन समितिको अध्यक्ष भई काम गर्दा एक बर्षमा भवन निर्माण कार्य सम्पन्न रेको ।

- मदन स्मृती सामुदायिक पुस्तकालयमा अध्यक्ष हुँदा पार्टी कार्यालयको प्रांगण भित्र ३ सटर १ हल भएको दुईतले भवन निर्माण गरेको ।

- पार्टी कार्यालयमा फर्निचर, कम्प्युटर, फ्याक्स, प्रिन्टर आदिको व्यवस्था मिलाएको ।

- २०६६ देखि २०६९ सम्म जिल्ला कमिटी अध्यक्ष हुँदाका बखत पार्टीको संगठन सुदृढ बनाएको हुँदा २०७० सालको संविधान सभा निर्वाचनमा बझाङ्गको दुई निर्वाचन क्षेत्रबाट नेकपा (एमाले) को तर्फबाट बिजय हासिल गरेको ।

- २०७४ सालको प्रदेश सभाको निर्वाचनमा सुदूरपश्चिम प्रदेश सभाको सदस्यमा निकटतम् प्रतिस्पर्धी भन्दा ४७५४ मतले अग्रता भई बिजयी भएको ।

विकासात्मक कार्यहरु :

- बझाङ्ग जिल्लालाई उज्यालो जिल्ला बनाउने अवधारणा जिल्लामा पारित गरी लघु जलविद्युतको उत्पादनमा विशेष पहल गरेको।

- बझाङ्ग जिल्लालाई खुल्ला दिसा मुक्त क्षेत्र घोषणा गर्न जनचेतना जगाउने कार्य गरेको

- जडीबुटी, पर्यटन क्षेत्र बिकास कृषि उत्पादन बृद्धि आदिको विकासको लागि विभिन्न संघ संस्थामा पहल गरेको ।

- छान्ना क्षेत्रका ६ साविक गा.वि.स. मा सडक निर्माण गर्न प्रति व्यक्ति एक लिटर तेल सहयोग संकलन गरी एक्साभेटर मेसिन प्रयोग गरी सडक निर्माण गर्न र सेती नदीमा काठेपुल निर्माण गरी यातायातका साधन सञ्चालन गर्न सफल ।

फोन नं
9858441444/9749002513